बालकोटका प्रजातान्त्रिक सेनानी स्वर्गीय बलराम थापा प्रति मेरो सम्झना । श्रद्धा सुमन ।।


हिडद्थे चिटिक्क बनि दौरा सुरुवाल कोटमा
भन्थे न्याय दिनुछ मैले जनताका ती भोटमा ।
सुरिलो स्वरका धनि रसिला भाषा मिठास थियो
मृत्यु नहुने को छ र खोई कसले पो नामै लियो ।


काका पनि कमि थिएनन् गिरिजाका साथि हुन
ईर्ष्या र लोभमा नफस्ने मध्ये जाति सबैका ई हुन् ।
भन्दथे मलाई सधैभरी गाउँ बनाउनु थियो
मृत्यु नहुने को छ र खोई कसले पो नामै लियो ।

राष्टका लागि बसे जेल खोईत उनको खोजि
दुखजिलो गरि जिउँन खोजे रोटि र रोजि ।
साँझ बिहान गुजाराका अन्नपात भर्नु थियो
मृत्यु नहुने को छ र खोई कसले पो नामै लियो ।

कसले गर्दछ अब उनको छोरा सक्षम मानु
कति बसे जेल नेल लेखा जोखामा जानु ।
जेल नेल वस्नु नै उनका कर्मको लेखाइ थियो
मृत्यु नहुने को छ र खोई कस्ले पो नामै लियो ।

घर घरमा पुग्द्थे उनी आफै दुई हात जोडद्थे
हुलाकि झै बनेर खवर गाउँटोलमा छोडद्थे ।
भाइ भारदार सबैको मनमा बासतुल्य मन थियो
मृत्यु नहुने को छ र खोई कसले पो नामै लियो ।

ओझेलमा नपार उनलाई बदनामि तिम्रो हाम्रो
पन्छाउन खोजेमा के राजनिति होला त राम्रो ।
ति कुरा नेताले कहिल्यै नबिर्से अझै बाँकि थियो
मृत्यु नहुने को छ र खोई कसले पो नामै लियो ।

दुईमाना गहुँ आउँदा पनि कुलो बनाउँ भन्द्थे
आफ्ना हात गोडा चलेसम्म सबका नाउँ गन्द्थे ।
खोई के पाए त उनले आशा के के पो थियो
मृत्यु नहुने को छ र खोई कसले पो नामै लियो ।

थिएन डर उनमा कहिल्यै थियो डर जनमा
आत्मियताका खुसि लिई हिडद्थे मन मनमा ।
दूध पिठो बाँडि दिन्थे सौभाग्य मानि लियो
मृत्यु नहुने को छ र खोई कसले पो नामै लियो ।

आफना सोच सधै भरी ईनले शिरमा चढाउँथे
घटिया होईन जनमा बोलि इज्जत बढाउँथे ।
हाँस्दै मुहार छर्दथे सधै सबका मन जित्ने थियो
मृत्यु नहुने को छ र खोई कसले पो नाम लियो ।
१०
म भन्थे काका उनलाई साथि गिरिजा हुन
ईर्ष्या र लोभमा नफस्ने जाति सबैका हुन् ।
सिष्टता उनमा नरम स्वभाव पाई रहेका थियौ
मृत्यु नहुने को छ र खोई कसले पो नामै लियौ ।
११
मान गर्थें म सधै उनमा काकाको रुप धारी ।
लोभ लाभ गरेनन् कहिल्यै जप्थे सधैनै हरी ।
सिष्टता उनमा थिएन कमि हिडाई पैदल थियो
मृत्यु नहुने को छ र खोई कसले पो नामै लियो ।
१२
बाधा के पुर्याए भनत जेलनेल खाएकै हुन
कि उनका सन्तानले दर्शाउनु पर्थ्योकि रुन ।
बुझेर रणमा गरेनि उनले स्वच्छ भावना थियो
मृत्यु नहुने को छ र खोई कसले पो नामै लियो ।
१३
म थिए सानो उनको काखपोल्टामा हुर्केको
उनका ज्ञानले सधैम हाँसि खेलि फुर्केको ।
निर्धक्क सयल स्वभावका गुणि बनेका थियो
मृत्यु नहुने को छ र खोई कसले पो नामै लियो ।
१४
ज्ञान दिन्थे मलाई सधै मेरो त्यो बालापनको
प्रवासि सरह भए कृति रहेन उनको ।
नखोजे हवेलि उनले न केहि रोजेका थियो
मृत्यु नहुने को छ र खोई कसले पो नामै लियो ।
१५
बोलि थियो उनको सदभावमा पूर्णता
अकन्टक थियो उनको न्यायमा सक्षमता ।
महान ई नेतालाई ओझेल पारेकै थियो
मृत्यु नहुने को छ र खोई कसले पो नामै लियो
१६
गाउँमा बनेनी नेता ई हुन महानका धनि
खोट छैन ईनमा हिड्थे आफनै विचारले उनी ।
साथि र सङगि सबैमा मायाँ ममता थियो
मृत्यु नहुने को छ र खोइ कसले पो नामै लियो ।
१७
साना हुन या ठुला बोल्थे ममता जनमा
निसकपट छल कहिल्यै हुदैनथ्यो उनमा ।
हाम्रा लागि सज्जन थिए मेरो आदर थियो
मृत्यु नहुने को छ र खोई कसले पो नामै लियो ।
१८
आज कति वर्ष भयो देह गयो उनका देन के भयो
नेतालाई पक्कै थाहा छ गुपचुपमा मन रह्यो।
केहि सोच थिएन उनमा मन आफनै तालमा थियो
मृत्यु नहुने को छ र खोई कसले पो नामै लियो ।
१९
के ईनमा नेताका गुण थिएन कि त खेल
के राष्टका लागि होईनन् त ईनि बसेको जेल ।
गुमराहमा राखिनु पक्कै मन उनको रोएको थियो
मृत्यु नहुने को छ र खोई कसले पो नामै लियो ।
२०
सत्कार गर्नुछ भने ईनको नेताले वुझ्नु पर्यो
जेलनेलका कुरा अब त अगाडि सार्नु पर्यो ।
भाविका लागि उनको देह त बाच्ने थियो
मृत्यु नहुने को छ र खोई कसले पो नामै लियो ।
२१
व्यूउंताउँ जगाउँ अब त ढिला भयो भएन
इनका निमित्त सबैमा मायाँ गयो गएन ।
आशाका थिए धरोहर सबका मायाँमा थिए
मृत्यु नहुने को छ र खोई कसले पो नामै लिए
२२
आफै मात्र ठूलो बनेर उनी कहिल्यै अघि सरेनन्
दुई रुपैया पनि उनले लोभ लाभ ति गरेनन् ।
हर्ष मन लिएर डुल्थे सधैं न्यायमा अगाडि थिए
मृत्यु नहुने को छ र खोई कसले पो नामै लिए ।।
२३
गर्थेनि केवल लोभ सधै माया ममता हरी
सुन्दर शिलतामा उनलाई म लिन्थे मनभरी ।
यस्ता महान हस्ति पनि ओझेल परेका थिए
मृत्यु नहुने को छ र खोई कसले पो नामै लिए
२४
योद्धा गए जितेर रणमा सुन्दैनन् केही कुरा
जेलनेलमा गरेका अवतार गरी देउँ है पुरा
ज्यूदों छदा भएन गुणगान के हुँदै गाको थियो
मृत्यु नहुने को छ र खोई कसले पो नामै लियो ।
२५
यस्ता महान नेतालाई सद्भाव छोड्यौ भने
निर्गुणि हुनेछौ बुझ्नु इमान तोड्यो भने ।
सफलता मिलोस् सबैमा मान्यबर हाम्रो थियो
मृत्यु नहुने को छ र खोई कस्ले पो नामै लियो ।

(सल्लाहकार बुढ्यौलि साहित्य समाज भक्तपुर)

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *