एनएमबि बैंकले तिर्यो एक अर्ब ८४ करोड कर
काठमाडौं । एनएमबि बैंकले आर्थिक ऐन २०८० बमोजिम विशेष व्यवस्थाको सुविधा लिई एक अर्ब ८४ करोड ३४ लाख ४४ हजार २ सय २१ रुपैयाँ ठूला करदाता कार्यालयमा दाखिला गरेको छ। मर्जर र एफपीओमा कर असुल्ने सरकारको निर्णयलाई सर्बोच्च अदालतले सदर गरेपछि बैंकले सो रकम बराबरको कर तिरेको हो ।
बैंकले विगतमा अन्य बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभिँदा तथा अन्य संस्थालाई प्राप्तिमा सौदावाजी गर्दा पाएको रकम र एफपीओमा प्राप्त रकमलाई आयमा समावेश गरी उक्त रकम करकार्यालयमा तिरेको हो । संवैधानिक व्यवस्था विपरीत नयाँ कर लगाएको र भूतप्रभावी कानुन ल्याएर लगानीको वातावरण बिगारेको भन्दै आर्थिक विधेयकको दफा २६ र २७ नम्वरको बुँदा बदर गर्न माग गर्दै एनएमबिसहित १६ बैंकले गत भदौ २९ गते सर्वोच्चमा रिट दायर गरेका थिए । तर, सर्वोच्चले सरकारको निर्णयलाई सदर गरेको हो ।