नेपाल पर्यटन केन्द्रीय सहकारी संघको दशौं वार्षिक साधारणसभा
ललितपुर । नेपाल पर्यटन केन्द्रीय सहकारी संघ लोमिटेडको दशौं वार्षिक साधारणसभा सम्मपन्न भएको छ । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको हलमा संघका अध्यक्ष रामशरण शर्मा घिमिरेको अध्यक्षता र राष्ट्रिय सहकारी विकास बोर्डका सह अध्यक्ष मित्रराज दवाडीको प्रमुख आतिथ्यतामा सभा सम्पन्न सम्पन्न भएको हो । संघका महासचिव देवराज पराजुलीले सञ्चालन गरेको कार्यक्रममा बागमती प्रदेशसभाका सदस्य ज्ञानबहादुर तामाङ, विकास विज्ञ लोकराज भट्टराई, पर्यटन विज्ञ विकेश श्रेष्ठ र राम पट्टेल, बागमती प्रदेश सहकारी संघका उपाध्यक्ष सीता ढकाल र व्यवस्थापक रुपक घिमिरे, ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघका व्यवस्थापक सन्तोष बजगाईंको आतिथ्यता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि मित्रराज दवाडीले पर्यटनको विकासमा सहकारीले रचनात्मक रुपमा सहयोग पुर्याउने भएको हुनाले पर्यटन र सहकारीलाई सँगसँगै लानुपर्ने बताए। संघसँग सहकार्य गरेर कार्यक्रम गर्नका लागि बोर्ड तयार रहेको उनको भनाई छ । संघका अध्यक्ष घिमिरेले संघलाई सक्रिय बनाई निरन्तर रुपमा कार्यक्रमहरु सञ्चालन गर्ने बताए। संघको कार्यक्षेत्र व्यापक भएकाले विभिन्न निकायहरुसँग समन्वय गरि सबैको अपनत्व हुनेगरी संघलाई अगाडि बढाउन लागिपर्ने उनको भनाई छ ।
















