बुटवल पावर कम्पनीको लाभांश घोषणा


काठमाण्डौं । बुटवल पावर कम्पनीको मङ्सिर २९ गते बसको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९।८० को मुनाफाबाट ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । त्यस्तै कम्पनीले १ करोड कित्ता एफपीओ निष्काशन गर्ने प्रस्ताव गरेको छ । कम्पनीले विभिन्न आयोजनामा लगानी गर्न एफपीओ निष्काशनको प्रस्ताव गरेको हो ।

कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । त्यस्तै साधारणसभाले पारित गरेपछि एफपीओ निष्काशन प्रक्रिया अगाडी बढ्ने छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *