प्रस्तावित न्यायाधीश पोखरेलको कार्ययोजना यस्तो छ (पूर्णपाठ)

काठमाडौं । सर्वोच्च अदालतका लागि न्यायाधीशमा प्रस्तावित वरिष्ठ अधिवक्ता सुनिलकुमार पोखरेलको संसदीय सुनुवाइ सुरु भएको छ । सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाकक्षमा मध्यान्ह पौने १२ बजेबाट सुनुवाइ सुरु भएको हो ।

सो क्रममा पोखरेलले आफ्नो कार्य योजना प्रस्तुत गर्दै न्यायपालिकाप्रति जनआस्था अभिवृद्धि र देखिने किसिमको न्यायसम्पादन गर्ने प्रतिबद्धता जनाएका छन् । उनले धेरै वकिल भएका मुद्दामा ‘लिड लयर’को अभ्यास र रिटहरूमा व्यक्तिको सम्पत्ति र विषयको ‘अर्जेन्सी’लाई हेरेर आदेश गर्नुपर्ने समेत औँल्याएका छन् ।

त्यसपछि प्रस्तुत कार्य योजनामाथि उपस्थित सांसदहरुले जिज्ञासा तथा प्रश्न गर्न सुरु गरेका छन् । संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएमा उनको नियुक्ति हुनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *