प्राइम बैंकले पनि लाभांश नदिने


काठमाडौं । प्राइम कमर्शियल बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ । बैंकको पुस ३ गते बिहान बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । सोही बमोजिम बैंकले गत आवको वित्तीय विवरण स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने छ ।

राष्ट्र बैंकबाट स्वीकृत भएर आएको उक्त विवरणलाई कम्पनीको वार्षिक साधारण सभाले पारित गर्ने छ । बैंकले आर्थिक वर्ष २०७८।७९ को नाफाबाट सेयरधनीहरुलाई चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर र ४.९५ प्रतिशत नगद गरी कूल ८.९५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *