भूकम्प्प प्रभावित क्षेत्रका पत्रकारलाई आर्थिक सहयोग

रुकुमपश्चिम । भूकम्प प्रभावित क्षेत्र रुकुमपश्चिमका पत्रकारलाई पत्रकार महासङ्घले आर्थिक सहयोग गरेको छ । गत कात्तिक १७ गते राति गएको भूकम्पबाट प्रभावित भएका पत्रकारलाई बुधबार पत्रकार महासङ्घको केद्रीय टोलीले जिल्ला सदरमुकाम मुसिकोट खलङ्गामा पुगर रू चार लाखको चेक हस्तान्तरण गरेको हो ।

महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, महासचिव रोसन पुरी, कोषाध्यक्ष कलेन्द्र सेजुवालले पत्रकार महासङ्घका जिल्ला अध्यक्ष लक्ष्मण केसीलाई चेक हस्तान्तरण गरे ।

प्रभावित क्षेत्रका पत्रकारलाई आर्थिक रुपमा थोरै भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले महासङ्घले सङ्कलन गरेको रकम हस्तान्तरण गरिएको महासचिव पुरीले जानकारी दिए । भूकम्प गएदेखि प्रभावित क्षेत्रमा खटिने पत्रकारको बारेमा जानकार रहेको बताउँदै उनले आउँदा दिनमा थप सहयोग गर्न महासङ्घ तयार रहेको बताए ।

प्रभावित क्षेत्रका पत्रकारको आवश्यकता आधारमा क्षमता विकास तालिम, आवश्यक समन्वय गर्न महासङघ सधैँ साथमा रहेको वरिष्ठ उपाध्यक्ष विष्टले बताए ।

प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमको पत्रकारिता पेसालाई थप अगाडि बनाउन यहाँबाट फर्केर महत्त्वपूर्ण निर्णय गर्ने उनको भनाइ थियो । उनका अनुसार प्रभावित पत्रकारलाई न्यायोचित ढङ्गले रकम वितरण गर्न पत्रकार महासङ्घ रकुम पश्चिमलाई आग्रह गरिएको छ ।

महासङ्घबाट प्राप्त भएको रकम न्योयोचित ढङ्गले वितरण हुने जिल्ला अध्यक्ष केसीले बताए । उनका अनुसार प्राप्त भएको रकम वितरण गर्न कार्यदल निर्माण गरिएको र कार्यदलको निर्णय अनुसार केही दिनभित्र वितरण गरिने छ ।

महासङ्घको टोलीले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा समान रू चार÷चार लाख आर्थिक सहयोग गरेको जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *