लेखा समितिका सभापति पोखरेलको अभिव्यक्तिप्रति गगन थापाको आपत्ति

काठमाडौं । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको अभिव्यक्तिलाई लिए नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आपत्ति जनाएका छन् ।

एनसेलको सेयर खरिदबारे प्रतिनिधिसभाका अन्य समितिले गरेको छलफललाई लिएर पोखरेलले दिएको अभिव्यक्तिका विषयमा राज्यव्यवस्था तथा सुशासन समिति सदस्य थापाले आपत्ति जनाएका हुन् । उनले लेखा समिति सभापति पोखरेलको अभिव्यक्तिलाई गम्भीरतापूर्वक सभामुखसामु उठाउनुपर्ने बताए ।

राज्यव्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा सांसद थापाले लेखा समिति सभापति पोखरेल निम्न स्तरमा झरेर अर्को संसदीय समितिबारे टिप्पणीमा उत्रिएको भन्दै आलोचना गरे । उनले सार्वजनिक अभिव्यक्तिद्वारा प्रतिवाद गर्नुभन्दा पनि सभामुखसँग उक्त अभिव्यक्तिको विषय उठाउनुपर्ने सुझाव समिति सभापति रामहरि खतिवडालाई दिए । पाखरेल एमालेका सांसद हुन् ।

पोखरेलले बुधबार सामाजिक सञ्जाल फेसबुकमा एनसेल प्रकरणलाई कमजोर बनाउन अन्य समिति लागेको आरोप लगाएका थिए । ‘सरकारी सुण्डमसुण्डहरू सार्वजिक लेखा समितिले गरेको एनसेल भ्रष्टाचार काण्डसम्बन्धी निर्णयलाई र सरकारलाई दिएको दबाबलाई कमजोर बनाउन र भ्रष्टाचारलाई छोप्न, आफ्नो कार्यक्षेत्रभन्दा बाहिर विभिन्न संसदीय समितिहरू मार्फत विषय बङ्ग्याउने र जनतालाई भ्रम छर्ने कामको खेद व्यक्त गर्दछु र जनतालाई सचेत हुन अपिल गर्दछु,’ पोखरेलले लेखेका थिए ।

राज्यव्यवस्था समितिले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सञ्चारमन्त्री रेखा शर्मालाई बोलाएर एनसेल खरिद बिक्रीबारे छलफल गरेको थियो । ‘संसद्को एक समितिका एक सभापतिले अर्को समितिका विषयमा यस्तो निम्न स्तरमा उत्रिएर टिप्पणी गर्ने हो ? यो संसद्को गरिमा र मर्यादासँग जोडिएको विषय हो,’ थापाले भने, ‘सभामुखसँग यो विषय गम्भीरतापूर्वक उठाउन माग गर्दछु । यो विषयमा समितिका तर्फबाट सभामुखसँग यो विषय जानुपर्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *