महजोडी कार्यक्रम लिएर बेलायत उडे


काठमाडौँ । वरिष्ठ हास्य जोडी ‘मह’ अर्थात मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य बेलायत उडेका छन् । बेलायतको विभिन्न स्थानमा ‘महजोडी युके टुर’ कार्यक्रम प्रदर्शन गर्न उनीहरू बिहीबार बेलायत उडेका हुन् । बेलायत उडेको तस्बिरसहित कलाकार मदनकृष्ण श्रेष्ठले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

उनले लेखेका छन्, ‘छोरा यमन श्रेष्ठ, छोरी सराना श्रेष्ठका साथ हरि र रमिलासहित लण्डन कार्यक्रममा प्रस्तुत गर्ने सिलसिलामा उड्दै गर्दा । द गोर्खा सेन्टरको आयोजना रहेको कार्यक्रम शनिवार हयारो र २४ डिसेम्बरमा अल्डरसटमा हुनेछ । कार्यक्रममा ‘भ्वाइस अफ नेपाल’ विजेता करण राई, कलाकार शर्मिला बर्देवा, यमन श्रेष्ठ र प्रकाश सपुत पनि सहभागी हुने बताइन्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *