पूर्वसांसद शाह राप्रपा नेपालको उपाध्यक्षमा मनोनित
काठमाडौं । नेकपा (एमाले) परित्याग गरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालमा प्रवेश गरेका पूर्वसांसद गोविन्दविक्रम शाह पार्टी उपाध्यक्षमा मनोनित भएका छन् ।
उनलाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीको विधान बमोजिम उपाध्यक्ष पदमा मनोनित गरेका हुन् । थापाले शाहको मनोनयनले पार्टी संगठन सुदृढीकरण गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै जिम्मेवारी पत्र हस्तान्तरण गरेका थिए । साथै उनले बधाई तथा सफल कार्यकालको कामनासमेत गरेका छन् ।
शाह जाजरकोटबाट निर्वाचित पूर्वसांसद र तत्कालीन जिविस सभापति हुन् । राप्रपाका संस्थापक सदस्य शाह केही वर्ष पहिले एमालेमा प्रवेश गरेका थिए । उनले गत (बुधबार) एमाले परित्याग गरी राप्रपा नेपालमा प्रवेश गरेका छन् ।