साताको पहिलो दिन नेप्से २१ अंकले घट्यो

काठमाडौं । साताको पहिलो कारोबार नेप्से परिसूचक २१ दशमलव शून्य तीन अंकले घटेर २०८८.७ विन्दुमा आइपुगेको छ ।
मौद्रिक नीतिको त्रैमासिक समिक्षापछि करिब तीन सय अंकसम्मले बढेको बजारले अघिल्लो साता पाँच दिन भएको कारोबारमा विहिबार पनि बजार करेक्सनमा गएको थियो । आज सुरुवाती समयमा बजार बढे पनि लगानीकर्ताहरुमा नाफा बुक गर्ने होडले बजार करेक्सनमा गएको हो ।

आइतबार एक करोड ८५ लाख कित्ता सेयर खरिद विक्रि हुँदा सात अर्ब ११ करोड १७ लाख रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीमा शिवम् सिमेन्ट लिमिटेड रहेको छ । कम्पनीको तीस करोड ४३ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, हाथवे इन्भेष्टमेन्ट नेपाल, सोनापूर मिरल्स एण्ड आयल, घोराही सिमेन्ट इन्ड्रष्टि, आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको १९ करोड रुपैयाँदेखि २९ करोड ५० लाख रुपैयाँसम्मको कारोबार भएको छ ।

नौ कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । बोटलर नेपाल (तराई) लिमिटेड, कालिका पावर कम्पनी, साम्लिङ पावर कम्पनी, विपिडब्लु लघुवित्त वित्तीय संस्था, चिरख्वा हाइड्रो पावर,मुक्तिनाथ कृषि कम्पनी, सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी, अपरसोलु हाइड्रो इलेक्ट्रिक कम्पनी, भिजन लुम्बिनी उर्जा कम्पनीको सेयर मूल्यमा सर्किट लागेको हो । घटेको बजारमा ज्योति विकास बैंक बन्ड, नेपाल रिपब्लिक मिडियाको सेयर मूल्यमा १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *