आरती साह मृत्य प्रकरणमा उनका श्रीमान् मोतिबावुलाई पक्राउ

काठमाडौं । आरती साहको मृत्य प्रकरणमा प्रहरीले उनका श्रीमान् मोतिबावुलाई पक्राउ गरेको छ ।

उनलाई जनकपुरबाट पक्राउ गरिएको धनुषाका एसपी मित्रबन्धु शर्माले जानकारी दिए । मोतीबाबुलाई पक्राउ गरेर पुनः थुनामा पठाउन सर्वोच्च अदालतले आदेश गरेको थियो । गत मंसिर २० मा सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठले सो आदेश गरेका हुन् ।

सर्वोच्चको आदेश कार्यान्वयनका लागि उनलाई पक्राउ गरिएको एसपी शर्माले जानकारी दिए । २०८० जेठ ७ मा जनकपुर उप–महानगरपालिका–९ थापा चोकमा रहेको आफ्नै घरमा आरती मृत फेला परेकी थिइन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *