कण्डमदेखि प्याजसम्म, अनलाइनमा

भारतीयहरुले यो वर्षभरि स्विग्गी इन्स्टामार्टबाट सबैभन्दा धेरै केके कुरा खरीद गरे भन्ने देखिन्छ । उक्त रिपोर्ट अनुसार यो वर्ष चेन्नइका एकजना व्यक्तिले एकैपटकमा ३१ हजार ७४८ भारुको खानेकुरा अर्डर गरेर सबैभन्दा ठूलो अर्डरको रेकर्ड राखेका छन् । उनले कफी, जुस, कुकिज तथा चिप्स लगायतका खानेकुरा अर्डर गरेका थिए । त्यस्तै जयपुरका एक व्यक्तिले एक दिनमै ६७ वटा अर्डर गरेर रेकर्ड बनाए भने दिल्लीका एक पसलेले आफ्नो वार्षिक किराना खर्च १२ लाख ८७ हजार ९२० भारुमा १ लाख ७० हजार १०२ भारु ब्चत गरे । त्यस्तै सेप्टेम्बर महिनाको तुलना भ्यालेन्टाइन महिना अर्थात् फेब्रुअरीसँग गरियो । किनकि फेब्रुअरीमा नभई सेप्टेम्बरमा सबैभन्दा धेरै कण्डम बिक्री भए ।

तथ्यांक अनुसार गत अगष्ट १२ मा सबैभन्दा धेरै ५ हजार ८९३ वटा कण्डम बिक्री भए । यसका अलावा प्याज, केरा, चिप्स, पेन्टिङ पनि निकै धेरै अर्डर हुने चिजमा परेका छन् । मानिसहरु आफ्नो स्वास्थ्यप्रति पनि सचेत हुँदै गएको उनीहरुको किनमेलको ट्रेण्डले देखाउँछ । हालसम्म १३ लाख भन्दा धेरै मखाना अर्थात् फक्स नट बिक्री भएका छन् । यसले पनि मानिसहरु मखानालाई आफ्नो मनपर्ने स्न्याक्सको रुपमा प्रयोग गर्न थालेका छन् । फलफूलको क्षेत्रमा आँपको दबदबा रह्यो, खासगरी बैंगलोरमा । गत मे २१ मा एकैदिनमा ३६ टन आँप डेलिभरी भयो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *