युनाइटेड अजोड इन्स्योरेन्सको ‘ईन–हाउस अण्डरराइटिङ’ तालिम सम्पन्न

काठमाण्डौ । युनाईटेड अजोड इन्स्योरेन्सले ‘ईन–हाउस अण्डरराइटिङ’ तालिम सम्पन्न गरेको छ । कम्पनीले भैरहवामा आफ्ना कर्मचारीका लागि दुई दिने तालिम आयोजना गरेको हो । तालिममा कम्पनीको लुम्बिनी प्रदेश प्रमुख भगवती रेग्मी र भैरहवा शाखा प्रमुख प्रकाश शर्मासहित गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका ३५ जना कर्मचारीहरुको सहभागिता थियो ।

कम्पनीका डेपुटी जनरल म्यानेजर अनिल अर्याल र अण्डरराइटिङ डिपार्टमेन्ट प्रमुख टोपेन्द्र कटेलले सहभागीलाई तालिम प्रदान गरेका थिए । साथै उक्त तालिममा सहभागी कर्मचारीलाई मोटिभेसनल ट्रेनिङ समेत दिइएको थियो । अण्डरराइटिङ विभाग प्रमुख कटेलले तालिमबाट कम्पनीको वित्तीय जोखिमांकन तथा प्रतिवेदन स्वस्थ बन्दै जाने बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *