सगरमाथा लुम्बिनीले किन्यो हिमालयन बैंकको सेयर

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले हिमालयन बैंकको संस्थापक सेयर खरिद गरेसँगै संस्थापक सेयरधनी बनेको छ । यसअघि बैंकको संस्थापक सेयरधनी रहेका धर्मभक्त मल्लको सेयर सगरमाथा लुम्बिनी इन्स्योरेन्सले खरिद गरेको हो । कम्पनीले मल्लको नाममा रहेको १ लाख ४१ हजार १ सय १६ कित्ता सेयर खरिद गरेको हो ।

यस्तै, साविक सिभिल बैंकको संस्थापक सेयरधनी रहेको यश्वस्विका इन्टरनेशनल प्रा.लि.ले आफ्नो स्वामित्वको १५ लाख ९० हजार कित्ता सेयर बिक्री गरेको छ । यश्वस्विका इन्टरनेशनल प्रा। लि।को सेयर रीता मल्लले खरिद गरेकी हुन् । जस्मिन तन्डुकारको ५२ हजार ९ सय १० कित्ता सेयरमध्ये आशिष श्रेष्ठले १ हजार कित्ता र राम प्रसाद आचार्यले ५१ हजार ९ सय १० कित्ता सेयर खरिद गरेको बैंकले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *