हिमालयन रि इन्स्योरेन्सको आईपीओ बुधबार बाँडफाँट


काठमाण्डौ । हिमालयन रि इन्स्योरेन्सको आईपीओ बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार बुधबार बिहान १० बजे कम्पनीको आईपीओ बाँडफाँट गर्ने तयारी छ । कम्पनीको आईपीओको प्री–अलोटमेन्ट भने भइसकेको छ । आईपीओमा अन्तिम दिनसम्ममा १.३ गुणा आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार १६ लाख ६० हजार २२ जना आवेदकले ३ करोड २२ लाख १५ हजार कित्ता सेयरको लागि आवेदन दिएका छन् ।

यस हिसावले हेर्दा सबैले १० कित्ताका दरले सेयर पाउने र करिब केहि आवेदकले २० कित्ताका दरले थप सेयर पाउने भएका छन् । कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित दरमा १०६ रुपैयाँ प्रिमियम जोडेर प्रतिसेयर २०६ रुपैयाँको दरले २ करोड ४९ लाख कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्री खुलाएको थियो । कम्पनीले गत मंसिर २७ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *