नबिल बैंकले ल्यायो नबिल इन्स्ट्यान्टगोल्ड लोन, एक घण्टा भित्रै ऋण पाइने

काठमाडौं । नबिल बैंक लिमिटेडले तुरुन्तै सुन धितो राखी ऋण लिन सक्ने नयाँ ‘इन्स्ट्यान्टगोल्ड लोन’ योजना बजारमा ल्याएकोे छ । आफुलाई आवश्यकपर्दा बिनाकुनै झन्झट सुन धितो राखी एक घन्टाभित्र पाउने गरि बैंकले यो ऋण योजना ल्याएको हो ।

योजना अन्तर्गत १२.३० प्रतिशतब्याजमा १० लाख रुपैयाँसम्मको ऋण दिइने नबिलले जनाएको छ । आवेदन दिए देखि ऋण प्राप्तिसम्मको समयएक घण्टाको अवधिमा ऋण पाइने भएकाले तत्काल समस्या समाधानमा सहयोग पुग्ने बैंकले दाबी गरेको छ । त्यस्तै सुनको लगानि:शुल्क बिमाको व्यवस्था पनि गरिएको छ । बैंकले ग्राहकको विभिन्न वित्तीय आवश्यकताहरू पूरा गर्न यस्तो प्रकारको कार्यक्रम ल्याएको जानकारी दिएको छ ।

नबिलले तत्कालको लागि नेपालभर ८ वटा शाखाबाट यो सेवा दिने जनाएको छ । जसमा उपत्यका भित्रका ग्राहकहरूका लागि कुमारीपाटी, कालीमाटी र सूर्यविनायक शाखाबाट लिन सकिन्छ । उपत्यका बाहिरका ग्राहकका लागि धरान–महेन्द्रपथ, बुटवल–चौराहा, नेपालगन्ज (भानुभक्तचोक), फिदिम र चिप्लेढुङ्गाबाट सुन कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ ।

नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंक मध्ये एक हो । बैंकले देशभर २६६ शाखा सञ्जाल सहित २२ वटा एक्सटेन्सन काउन्टर र ३१३ एटिएम मेसिनबाट सेवा प्रदान गर्दे आएकोे छ । नबिल बैंकले १८ लाख भन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *