प्रधानमन्त्री कप महिला टी – २० : बागमती र सुदूरपश्चिम विजयी

काठमाडौँ । जारी प्रधानमन्त्री कप महिला टी- २० प्रतियोगितामा बागमती प्रदेश र सुदूरपश्चिम प्रदेश विजयी भएका छन् ।

बुधबार सम्पन्न खेलमा बागमती प्रदेशले लुम्बिनी प्रदेशलाई ९ रनले पराजित गरेको छ । बागमतीले दिएको ११० रनको लक्ष्य पछाएको लुम्बिनी प्रदेश २० ओभरमा ८ विकेट गुमाएर १०० रन मात्र बनाएपछि बागमती ९ रनले विजयी भएको हो ।

यस अघि बागमतीले पहिला ब्याटिंग गर्दै २० ओभरमा ८ विकेट गुमाएर १०९ रन बनाएको थियो । त्यस्तै बुधबार नै सम्पन्न अर्को खेलमा सुदूरपश्चिम प्रदेशले मधेश प्रदेशलाई ५ विकेटले पराजित गरेको छ । मधेश प्रदेशले दिएको ८३ रनको लक्ष्य पछाएको सुदूरपश्चिमले १९.५ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यसअघि मधेश प्रदेशले पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाएर ८२ रन बनाएको थियो ।

यो जितपछि बागमती प्रदेशको ५ खेलमा ६ अंक भएको छ र अंक तालिकामा चौथो स्थानमा रहेको छ । त्यस्तै जितसँगै सुदूरपश्चिम प्रदेशको ५ खेलमा ८ अंक भएको छ र अंक तालिकामा तेस्रो स्थानमा रहेको छ ।

लुम्बिनी प्रदेशको हारपछि ५ खेलमा ४ अंक रहेको छ र पाँचौं स्थानमा छ भने मधेश प्रदेशको यो हारपछि ५ खेलमा २ अंक मात्र रहेको छ र सातौं स्थानमा छ ।

अब विहिबार बागमती प्रदेशले कर्णाली प्रदेशसँग, लुम्बिनी प्रदेशले मधेश प्रदेशसँग, एपीएफले गण्डकी प्रदेशसँग तथा सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशसँग खेल्ने तालिका रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *