संविधानमाथि आक्रमण हुन थाल्यो,हामी गम्भीर बन्नुपर्छ : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संविधानमाथि आक्रमण हुन थालेको बताएका छन् । बुधबारबाट सुरु भएको पार्टीको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पछिल्लो समय व्यवस्थाविरूद्ध प्रतिगामी शक्तिहरुले टाउको उठाइरहेको दावी गरेका हुन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले भने, ‘संविधानमाथि आक्रमण हुन थाल्यो। हामी फेरि गम्भीर बन्नुपर्छ । अहिले प्रतिगामी शक्तिहरूले टाउको उठाइरहेका छन् । देश–विदेशका शक्तिहरूले नेपालभित्र षड्यन्त्रका तानाबाना बुनिरहेका छन् ।’

यसअघि आजै समाजवादी मोर्चाको बैठक बसेको थियो । आफू समाजवादी मोर्चाको संयोजक भएको नाताले बैठक बोलाएको बताउँदै उनले भने, ‘त्यहाँ हामी गम्भीर छलफल गरिरहेका छौँ ।’ मोर्चाको बैठकमा उक्त विषयबारे मिहीन छलफल हुनेसमेत बताए ।

अध्यक्ष नेपालले भने, ‘बैठकमा नेपालको राजनीति कुन अवस्थाबाट गुज्रँदैछ । अहिले हाम्रो देशको स्वाधीनता, स्वतन्त्रतामाथि आघात पुग्ने काम भएको छ कि छैन रु देशी–विदेशी शक्तिहरूको भूमिका छ रु देशका प्रतिगामी, प्रतिक्रियावादी शक्तिहरूले के गरिरहेका छन् ? यी सबै कुराहरूको बारेमा हामीहरू व्यापक छलफल गरिरहेका छौँ ।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *