कांग्रेसले बालकुमारी घटनाप्रति गरायो सरकारको ध्यानाकर्षण

काठमाडौं । नेपाली कांग्रेसले शुक्रबार बालकुमारीमा भएको घटनाको छानविन गर्न सरकारको ध्यानाकर्षण गरेको छ । रोजगार अनुमति प्रणाली मार्फत दक्षिण कोरिया जानका लागि परीक्षा दिन पाउनुपर्ने माग गर्दै प्रदर्शन गर्दा दुई युवाको ज्यान गएको छ । युवाहरुको प्रदर्शनलाई प्रहरीलाई हस्तक्षेप गर्दा उपचारको क्रममा दुई युवाको मृत्यु भएको हो । पानीजहाज कम्पनीमा परीक्षा दिएकाले अन्य क्षेत्रमा परीक्षा दिन नपाउने एपीएस कार्यालयले जनाएको थियो ।

मन्त्री सवार गाडीमा आगजनी हुनु, तत्पश्चात प्रदर्शनकारीलाई नियन्त्रणमा लिने मृत्यु भएको प्रति पार्टीको ध्यानाकर्षण भएको कांग्रेसले जनाएको छ । ‘घटनाको सत्य–तथ्य अध्ययन गरी यथार्थ छानविन गर्नुका साथै घटनामा घाइते भएकाहरुको उचित उपचार गर्न र प्रदर्शनकारीले उठाएको विषयमा गम्भीर बन्न नेपाल सरकारसँग नेपाली कांग्रेस माग गर्दछ, प्रचार विभाग प्रमुख मीन विश्वकर्माले निकालेको विज्ञप्तिमा भनिएको छ ।

शान्तिपूर्ण, मर्यादित र हिंसारहित उपाय अवलम्वन गर्न प्रदर्शनकारीलाई आग्रह गर्दै सुरक्षा निकाय एवं सम्बन्धित सबै पक्षलाई संयमित रहन कांग्रेसले अपिल गरेको छ । कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा पनि बालकुमारी घटनाको विषय उठेको छ । रिसाएका नागरिक यो तहको बिद्रोहमा उत्रनु सामान्य कुरा होइन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *