कोइलाखानीको सुरुङभित्र एक पुरुषको शव फेला

काठमाडौं । दाङको कोइलाखानीको सुरुङभित्र एकजना पुरुषको शव फेला गरेको छ ।

बंगलाचुली गाउँपालिका–४ स्थित कोइलाखानीको सुरुङभित्र घोराही उपमहानगरपालिका–६ अघराका ४५ वर्षीय शिवराज केसीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

उक्त कार्यालयका अनुसार पुस ८ गते घरबाट घोराही हिँडेका उनी पाँच दिनदेखि सम्पर्कविहीन थिए ।

शुक्रबार उनी मृत फेला परेको प्रहरी प्रमुख एसपी रामबहादुर केसीले जानकारी दिए ।

मृतकको शरीरमा चोटपटक देखिएकाले हत्या गरी सुरुङभित्र शव लुकाइएको हुनसक्ने उनले बताए । यस घटनाबारे थप अनुसन्धान भइरहेको केसीले बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *