नवजागरण सहकारीले दियो सदस्यलाई संरक्षित पुँजी फिर्ता कोषको रकम
रामेछापको मन्थलीमा रहेको नवजागरण वचत तथा ऋण सहकारी संस्थाले संरक्षित पुँजी फिर्ता कोषबाट सदस्यहरुलाई रकम प्रदान गरेको छ । सहकारी ऐन २०७४ ले बचत र ऋणको कारोवारका आधारमा संरक्षित पुँजी फिर्ता कोषको व्यवस्था गरेको छ । सोही अनुरुप संस्थाले गत बर्षको नाफाबाट सदस्यहरुलाई नियमित बचत र ऋणको कारोवारको आधारमा संरक्षित पुँजी फिर्ता कोषको रकम बाँडफाँड गरेको हो । गत आर्थिक बर्ष २०७९।०८० मा संस्थाको नाफा १ करोड १४लख १६हजार ८१४ बाट संरक्षित पुँजी फिर्ता कोषमा भएको रकम २० लाख ५९ हजार छुट्याइएको थियो र सोही कोषबाट शेयर सदस्यहरुलाई उक्त रकम वितरण गरिएको हो। संरक्षित पुँजी फिर्ता कोषबाट सबैभन्दा बढी रकम ३० हजार प्रदान गरिएको थियो । ५ हजार माथि रकम प्राप्त गर्ने शेयर सदस्यहरुलाई एक कार्यक्रमको आयोजना गरी चेक मार्फत रकम वितरण गरिएको थियो । उक्त कोषबाट प्रदान गरिएको रकम सम्पूर्ण शेयर सदस्यको शेयर वचत खातामा जम्मा गरिएको संस्थाले जनाएको छ । संस्थामा ऋण कारोबार गरि ऋण भाखा नघाएका सदस्यहरुले प्राप्त गरेको रकम भने जगेडा कोषमा जम्मा गरिएको छ ।
साथै कार्यक्रममा संस्थाको वचत शिर्षकको भिडियो मन्थली नगर प्रमुख लब श्रेष्ठद्धारा शुभारम्भ गरेका थिए । नवजागरण संरक्षित पुँजी फिर्ता कोषबाट रकम प्रदान गर्ने रामेछाप कै पहिलो संस्था हो । संस्थाका अध्यक्ष श्याम थापाको अध्यक्षता, प्रदेश सभा सदस्य वागमति प्रदेशका सांसद आनन्द श्रेष्ठको प्रमुख आतिथ्यता, मन्थली नगरपालिका नगर प्रमुख, लब श्रेष्ठको विशिष्ठ आतिथ्यता तथा मन्थली २ नं। वडा अध्यक्ष सुरेन्द्र बहादुर कार्की, मन्थली ४ नं। वडा अध्यक्ष राजन घिमिरे, मन्थली ५ नं। वडा अध्यक्ष रविन कार्की, मन्थली ७ नं। वडा अध्यक्ष भुवनहरि प्रसाई, मन्थली ८ नं। वडा अध्यक्ष गोपाल श्रेष्ठ जिल्ला सहकारी संघ, रामेछाप, अध्यक्ष हिमाल ढुंगेल, रामेछाप उद्योग वाणिज्य संघ, उपाध्यक्ष आकाश रिजाल, मन्थली नगरपालिका, अधिकृत, सहकारी शाखा उज्वल पोखरेल नेफ्स्कुन, सदस्य सेवा कार्यालय, मन्थली सूर्यबहादुर थापा, संस्थाका संचालक, लेखा सुपरिवेक्षण समिति, उपसमिति, शेयर सदस्य, कर्मचारीको उपस्थिति रहेको थियो ।