अंग्रेजी नयाँ वर्ष : आज राति पोखरा लेकसाइडमा आतिसबाजी हुने

काठमाडौं । पोखरामा अंग्रेजी नयाँ वर्षलाई भव्य रुपमा स्वागत गर्ने तयारी गरिएको छ ।

पोखराको पर्यटकीय केन्द्र लेकसाइडमा हजारौं दर्शकको सहभागितामा आइतबार राति आतिसबाजीसहित नयाँ वर्ष–२०२४ लाई स्वागत गर्ने तयारी गरिएको आयोजक रेबान पोखराले जनाएको छ ।

रेष्टुरेन्ट एण्ड बार एशोसियसन नेपाल (रेबान) पोखराको आयोजनामा लेकसाइडमा आयोजित २५औं ‘पोखरा सडक महोत्सव’मा नयाँ वर्षको स्वागतार्थ मध्यरातमा आतिसबाजी गर्ने कार्यक्रम रहेको होे ।

रेवान पोखराले विगत २५ वर्षदेखि आयोजना गर्दै आएको पोखरा सडक महोत्सवको अवसरमा आज मध्यरात १२ बजेपछि नयाँ अंग्रेजी वर्ष सुरु हुने भएकोले उक्त अवसरमा आतिसबाजी गर्न लागिएको हो । पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने अन्तिम तयारी भइरहँदा पोखरामा विगत लामो समयदेखि पर्यटन प्रवद्र्धनको निम्ति महोत्सव हुदै आएको छ।

आतिशबाजी हेर्न कास्कीसहित छिमेकी जिल्लाबाटसमेत दर्शकहरु आउने गरेको बताइएको छ । सडक महोत्सवमा आज लोकदोहोरी कलाकार प्रजापति पराजुली, बद्री पंगेनी, गायिका समीक्षा अधिकारी, लाहुरे र द एलिमेन्ट्सको प्रस्तुति रहने बताइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *