मंगलबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढ्यो

काठमाडौ । नेपाली बजारमा मंगलबार सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २१ हजाररुपैयाँमा कारोबार भइरहेको छ । साथै, तेजावी सुनको मूल्य तोलाको १ लाख २० हजार ४०० रुपैयाँ कायम गरिएको छ । सोमबारको तुलनामा ५०० रुपैयाँले सुनको मुल्य बढेको हो ।

यता चाँदीको मुल्य पनि बढेको छ । मंगलबार चाँदीको मुल्य प्रतितोला १४ सय ६० रुपैयाँ कायम रहेको छ । सोमबार चाँदी प्रतितोला १४ सय ५५ रुपैपाँमा कारोबार भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *