एयरपोर्ट ठानेर जमेको नदीमाथि उत्रियो विमान
रुसमा एउटा यस्तै घटना भएको छ, जुन सुन्दैमा डरलाग्दो छ । समाचार अनुसार पोलार एयरलाइन्सको एउटा जहाज बिहीबार पाइलटको गल्तीका कारण कोलिमा नदीमाथि अवतरण भएको छ । धन्न यात्रीहरुको भाग्य बलियो रहेछ, किनकि जहाज ओर्लिएको उक्त नदी चिसोका कारण पूर्णरुपमा जमेको थियो । सो विमानमा ३० जना यात्रु र ४ जना चालकदलका सदस्य थिए । सो घटनामा विमानमा कुनै पनि क्षति पुगेको छैन र कसैलाई पनि चोटपटक लागेको छैन । रुसी एयरलाइन्सको विज्ञप्ति अनुसार उक्त जहाज याकुत्स्क जायर्यंका स्रेडनेकोलिम्स्क रुटमा उडान भरिरहकेो थियो ।
एन्टोनोभ २४ फ्लाइट याकुतिना क्षेत्रमा जिर्यंका विमानस्थलको रनवेमा अवतरण गर्नुको साटो नदीमै अवतरण भयो । पोलार एयरलान्सका अनुसार बउक्त घटनाको बारेमा रुसको संघीय हवाई यातायात एजेन्सीको क्षेत्रीय विभागले अनुसन्धान गरिरहेको छ । प्रारम्भिक जानकारी अनुसार चालक दलका सदस्यको गल्तीका कारण विमान रनवेको साटो जमेको नदीमाथि अवतरण भएको हो । उक्त क्षेत्रमा यत्रतत्र बाक्लो हिउँ रहेको र नदी समेत अत्यधिक चिसोका कारण जमेर माथि हिउँ भरिएको कारणले गर्दा जहाज चालकले रनवेको भेउ पाउन नसकेको बताइएको छ ।