राष्ट्रिय वाणिज्य बैंकका नवनियुक्त अध्यक्ष ढुङ्गानाले लिए सपथ

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड सञ्चालक समितिका नवनियुक्त अध्यक्ष दिलीपकुमार ढुङ्गानाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष सपथ लिएका छन् । ढुङ्गानाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ वमोजिम बिहीबार पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

यसअघि बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले दिलीपकुमार ढुङ्गानालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । दिलीपकुमार ढुङ्गानाले व्यवस्थापनमा विषयमा स्नातकोत्तर उत्तीर्ण गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *