टी-२० विश्वकप : नेपाल समूह डी मा , दक्षिण अफ्रिका लगायतसँग खेल्ने
काठमाडौं । आईसीसीले यस वर्षको जुन–जुलाईमा हुने टी-२० विश्वकपको खेल तालिका सार्वजनिक गरेको छ ।
नवौँ संस्करणको प्रतियोगिता अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ । आईसीसीले सार्वजनिक गरेको तालिका अनुसार नेपाल समूह डी मा रहेको छ । यो समूहमा नेपालसँगै दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश र नेदरल्यान्ड्स रहेका छन् ।
समूह ‘ए’मा भारत, पाकिस्तान, आयरल्यान्ड, क्यानडा र अमेरिका रहेका छन् । यस्तै समूह ‘बी’मा इङ्ग्ल्यान्ड, अस्ट्रेलिया, नामिबिया, स्कटल्यान्ड र ओमान छन् ।
सार्वजनिक तालिकाअनुसार न्युजिल्यान्ड, वेस्ट इन्डिज, अफगानिस्तान, युगान्डा र पपुवा न्यु गिनी समूह ‘सी’मा छन् ।