फेरीपनि त्रिभुवन विमानस्थलमा एक किलो सुन बरामद
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरिपनि अवैध सुन बरामद भएको छ । दुबईबाट ल्याइएको उक्त सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ३०० ग्राम बरामद भएको हो ।
प्रमुख डीआईजी अर्जुन चन्दका अनुसार शनिबार राति फ्लाई दुबईबाट आएका एक जना यात्रुको साथमा सुन बरामद भएको हो । साथै थप विवरण प्राप्त हुन बाँकी छ ।
यसबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले थप अनुसन्धान गरिरहेको छ ।