हिमालयन लाइफको १६ औँ वार्षिक साधारणसभा माघ १८ मा

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले वार्षिक साधारणसभा कम्पनीको पुस १९ गते बसेको सञ्चालक समितिको बैठकले १६ औं वार्षिक साधारणसभा माघ १८ गते सिल्भर ओक ब्याङ्क्वेट गैरीधारा काठमाडौंमा बिहान ११ बजे बोलाएको छ । इन्स्योरेन्सको सभाले आर्थिक वर्ष २०७८।७९को वार्षिक प्रतिवेदन, साविक प्राइम फाइफ, गुराँस लाइफ र यूनियन लाइफो आर्थिक वर्ष २०७८।७९को लेखापरीक्षण प्रतिवेदन, वासलात तथा नाफानोक्सान सहितको सम्पूर्ण वित्तीय विवरण छलफल गरी पारित गर्नेछ । सभाले आर्थिक वर्ष २०७९।८०को लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने छ ।

सञ्चालक समितिमा संस्थापकबाट प्रतिधित्व गर्ने ३ जना र सर्वसाधारण सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्ने कम्पनीले जनाएको छ । यस्तै, स्वतन्त्र सञ्चालकको नियुक्ती अनुमोदन गर्नेछ । सञ्चालक समिति तथा उपसमितिको बैठक भत्ता अनुमोदन गर्नेछ । वार्षिक साधारणसभा प्रयोजनका लागि माघ ३ गते सेयरधनी किताब बन्द गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्जमा अघिल्लो दिनसम्म कायम सेयरधनीहरू मात्रै साधारणसभामा सहभागी हुन सक्ने छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *