पाकिस्तान शक्तिशाली बम विस्फोट : ५ प्रहरीको मृत्यु, २० जना घाइते

काठमाडौं । पाकिस्तानको खैबर पख्तुनख्वामा आज भएको शक्तिशाली बम विस्फोटमा परि पाँच जना प्रहरीको मृत्यु भएको छ ।

प्रहरी सुरक्षा टोलीलाई लक्षित गरी गरिएको हमला गरिएको विष्फोटमा परि अन्य २० जनाभन्दा बढी घाइते भएका छन् । बाजौर जिल्लामा पोलियो विरुद्धको अभियानमा खटिएका प्रहरी टोलीलाई ट्रकमा लैजाँदै गर्दा आक्रमण भएको हो । घाइतेहरुलाई बाजौर जिल्ला अस्पतालमा भर्ना गरिएको छ । घाइतेमध्ये धेरैको अवस्था गम्भीर छ ।

प्रहरी टोलीलाई निशाना बनाइएको स्थान बाजौरको मामुन्द क्षेत्र हो र यो क्षेत्र अफगानिस्तानको सीमासँग जोडिएको छ । सन् २०२१ मा अफगानिस्तानमा तालिबान शासन सत्तामा आएदेखि अफगानिस्तानसँगको सीमामा पाकिस्तानमा आक्रमण बढेको छ । अहिलेसम्म कुनै पनि आतंकवादी संगठनले यस हमलाको जिम्मेवारी लिएको छैन । यसअघि आइतबार पनि पाकिस्तानको खैबर पख्तुनख्वामा भएको आतंकवादी हमलामा चार जनाको मृत्यु भएको थियो ।

अज्ञात बन्दुकधारीहरूले दुईवटा गाडीमा अन्धाधुन्ध गोली प्रहार गरेका थिए । पाराचिनारबाट पेशावर जाने बाटोमा आक्रमण भएको हो । हालसम्म कुनै पनि आतंकवादी संगठनले उक्त हमलाको पनि जिम्मेवारी लिएको छैन । यद्यपि, यो क्षेत्र शिया र सुन्नीहरू बीचको साम्प्रदायिक हिंसाका लागि पनि परिचित छ ।

सन् २०२३ मा पाकिस्तानको खैबर पख्तुनख्वामा ४ सय १९ आतंकवादी हमला भएको थियो । उक्त हमलामा ६ सय २० जनाको मृत्यु भएको थियो । मारिनेमा ३०६ सुरक्षाकर्मी, २२२ सर्वसाधारण र ९२ आतङ्ककारी थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *