राष्ट्रियसभा चुनाव: गण्डकीमा गठबन्धनका उम्मेदवारले गराए मनोनयन दर्ता
पोखरा । राष्ट्रिय सभाका लागि गण्डकीमा हुने ३ सिटमा गठबन्धनका तर्फबाट उम्मेदवारी दर्ता भएको छ ।
गण्डकीमा माओवादीले १ र कांग्रेसले २ सिट पाएको छ । नेकपा माओवादीबाट महिलातर्फ पर्वतकी मनरूपा शर्मा सुवेदी, कांग्रेसबाट अपांगताबाट तनहुँका पदम परियार र अन्यबाट गोरखाका किरणबाबु श्रेष्ठले उम्मेदवारी दर्ता गराएका हुन् । सत्ता गठबन्धन दलबाट गण्डकीमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको गण्डकीमा उपस्थिति छ ।
यसरी मिलेर राष्ट्रिय सभाको चुनावमा मतदान हुँदा नेपाली कांग्रेसको २ हजार ७०४, नेकपा माओवादीको ९९४, एकीकृत समाजवादीको ७२ र राष्ट्रिय जनमोर्चाको ५७ गरी ३ हजार ८२७ मतभार गठबन्धनको पक्षमा देखिन्छ ।