नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालद्वारा राजीनामा

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका छन् । खनालले मंगलबार विहान सञ्चार मन्त्री रेखा शर्मालाई राजीनामा बुझाएको दूरसञ्चार प्राधिकरण स्रोतले जानकारी दिएको छ । पछिल्लो समय दूरसञ्चार क्षेत्रमा नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको दूरसञ्चारको क्षेत्रमा हुने गैरकानुनी गतिविधि अनुगमन तथा भ्वाइस र डेटाको कुल भोल्युम परीक्षण गर्ने प्रविधि (टेरामक्स) मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडीएमए र इन्टरनेटले राजस्व छलि गरेको विषयमा प्राधिकरण जोडिएपछि खनालले राजीनामा दिएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले निवासमै बेलाएर राजीनामाका लागि दबाब दिएपछि खनालले बाटो खुला गरेको स्रोतको दाबी छ । खनाललाई २०७६ साउन ६ गतेको मन्त्रिपरिषद बैठकले ५ वर्षका लागि नियुक्त गरेको थियो । उनको पदावधि आगामी साउनसम्म भए पनि खनालले करिब ६ महिना अगाडि नै राजीनामा दिएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *