पशुपतिनाथ मन्दिर परिसरमा स्तनपान कक्ष उद्घाटन

काठमाडौँ । पशुपतिनाथ मन्दिर परिसरमा स्तनपान कक्ष सञ्चालनमा आएको छ ।

पशुपतिनाथ मन्दिरमा दर्शन गर्न पुग्ने आमाहरूलाई ध्यानमा राख्दै पशुपति क्षेत्र विकास कोषले स्तनपान कक्ष सञ्चालनमा ल्याएको हो । स्तनपान कक्षको संस्कृति, पर्यटन तथा नागरिक उड्यन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले उद्घाटन गरिन्। स्तनपान कक्षको शुभारम्भ भएसँगै स्तनपान गर्ने बालबालिकाहरूलाई लिएर पशुपति पुगेका आमाहरूलाई ठूलो मद्दत पुग्ने राज्यमन्त्री ठकुरीले बताए ।

पशुपतिनाथको दर्शन गर्न आउनेलाई भक्तजनको अनुरोधमा आवश्यक सेवा सुविधा थप गर्दै जाने कोषकी कार्यकारी निर्देशक लक्ष्मी पुनले जानकारी दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *