हिमालयन एभरेष्टले बढायो लाभांशदर
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले पुस २५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई १५ प्रतिशतले लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंठकले आर्थिक वर्ष २०७९।८० को नाफाबाट सेयरधनीलाई ८.६३ प्रतिशत बोनस र कर प्रयोजनको लागि समेत गरी ६.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावलाई नेपाल बीमा प्राधिकरणले स्वीकृत तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गर्नुपर्ने हुन्छ । हाल इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ३० करोड रुपैयाँ छ । ८.६३ प्रतिशत बोनस सेयर पारितपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ४९ करोड ८५ लाख रुपैयाँ पुग्ने छ ।इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७८।७९ को नाफाबाट सेयरधनीलाई २।८९ प्रतिशत मात्रै लाभांश वितरण गरेको थियो ।