नेपालीले पढ्न भन्दै विदेश लगे ४७ अर्ब ३५ करोड

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ५ महिनामा नेपालीले विदेशमा पढ्न भन्दै ४७ अर्ब ३५ करोड रुपैयाँ लगेका छन् ।

नेपालीहरुले अघिल्लो वर्षको सोही अवधिको तुलनामा झण्डै दोब्बर रकम शिक्षाको नाममा बाहिर लगेका हुन् । अघिल्लो वर्षको सोही अवधिमा नेपालीहरुले विदेशमा अध्ययन गर्नको लागि भन्दै २८ अर्ब ८१ करोड रुपैयाँ बाहिर लगेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *