सिबिफिनका अध्यक्षमा पौडेल

काठमाण्डौ। बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन)को अध्यक्षमा उपेन्द्र पौडेल चयन भएका छन्। पवनकुमार गोल्यानले बुझाएको राजीनामा स्वीकृत गर्दै सिबिफिनको कार्य समितिले पौडेललाई सर्वसम्म अध्यक्ष बनाएको छ । एनएमबि बैंकका अध्यक्ष रहेका गोल्यानले आउँदो साधारणसभाबाट एनएमबि बैंकको अध्यक्ष पद पनि छोड्ने भएकाले सिबिफिनको अध्यक्ष त्यागेको बताइएको छ ।

नयाँ अध्यक्ष बनेका पौडेल नबिल बैंकका अध्यक्ष हुन् । उनी नबिल अघि एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) थिए । पौडेल ३ दशकदेखि बैंकिङ क्षेत्रका अनुभवि र क्रियाशील छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *