एनएमबि बैंकको अध्यक्षमा गोयल
काठमाडौं । एनएमबि बैंकको सञ्चालक समितिको बैठकले बैंकको अध्यक्षमा मनोज कुमार गोयललाई चयन गरेको छ । बैंकको बिहीबार सम्पन्न २८औँ साधारण सभाबाट सञ्चालक समितिमा ५ जना निर्वाचित भएका थिए । मनोज कुमार गोयल, जीवनकुमार कट्वाल, उत्तम भ्लोन, शिरिष कुमार मुरारका र हरिश्चन्द्र सुवेदी निर्वाचित भएका थिए ।
गोयल र कट्वाल संस्थापक सेयरधनीहरूको तर्फबाट र भ्लोन, मुरारका र सुवेदी सर्वसाधारण सेयरधनीहरूको तर्फबाट निर्वाचित भएका हुन् । एफएमओको तर्फबाट निको पिलको सट्टामा शर्मिला हार्दि प्रकाशलाई मनोनित गरी पठाइएको बैंकले जनाएको छ । निर्वाचन पश्चात् बसेको समितिको बैठकले गोयललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको बैंकले जनाएको छ ।