लक्ष्मी सनराइज बैंकको अध्यक्षमा नेपाल

काठमाडौं । लक्ष्मी सनराइज बैंकको सञ्चालक समितिको बैठकले बैंकको अध्यक्षमा नेपाललाई चयन गरेको छ । बैंकको बिहीबार सम्पन्न २३औँ वार्षिक साधारणसभाबाट ४ जना सञ्चालक निर्वाचित भएका थिए । बैंकको सञ्चालकमा रमण नेपाल, मनोजकुमार भट्टराई, दिनेश पौड्याल र स्वाति रुङ्गटा निर्वाचित भएका थिए ।

नेपाल र भट्टराई संस्थापक सेयरधनी समूहबाट निर्वाचित भएका हुन् भने पौडेयाल र रूङ्गाटा सर्वसाधारण सेयरधनी समूहबाट निर्वाचित भएका हुन् । बैंकको स्वतन्त्र सञ्चालकमा भने विद्या बस्नेतलाई नै निरन्तरता दिइएको छ । निर्वाचानपश्चात् बसेको सञ्चालकहरूको बैठकले नेपाललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । साविक लक्ष्मी बैंक र सनराइज बैंक मर्जरपश्चात् पनि नेपाल अध्यक्ष थिए । तर, नागरिक लगानी कोषको कार्यकारी निर्देशकबाट अवकाश पाएपछि बैंकको अध्यक्षबाट स्वतः बाहिरिएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *