पृथ्वीनारायण शाह रैछन् जाति आहा
मीत साईनो लाई लाई एकीकरण जोडे
स्वर्ग जस्तो भुमि बनाई सुख साथले छोडे ।
गरिबलाई न्याय दिने थिए सबका साझा
जनताको पिरमर्का दिलाउने राजा ।
पृथ्वीनारायण शाह
रैछन जाति आहा ।
उनैका देन आज चौधै अञ्चल
खुसिथे जनताहरु मनै चञ्चल ।
सातनै महिनामा जन्म लिएका
जनता खुसि पारि कर्म दिएका ।
पृथ्वीनारायण शाह
रैछन जाति आहा
देश हाम्रो उज्यालो थियो उनकै देनले
खोई पौरख गरेको हाम्रा नेताले ।
पढि लेख्या युवालाई बिदेश पठाए
आफनो सन्तान बेचेर डाडाँ कटाए ।
पृथ्वीनारायण शाह
रैछन जाति आहा ।
कहिल्यै पनि नमेटियोस हाम्रो भावना
जय जय एकतामा शुभकामना ।।
नपरोस जनलाई चोट सामना
आज तिम्रो जन्म दिनको शुभकामना ।।
पृथ्वी नारायण शाह
रैछन जाति आहा ।