फागुन १–३ गते माओवादीको विधान सम्मेलन गर्दे
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को विधान सम्मेलन आउँदो फागुन १ देखि ३ गतेसम्म गरिने भएको छ । विधान सम्मेलन काठमाडौंमा गर्ने निर्णय पनि गरिएको छ ।
शनिबार आज बसेको स्थायी कमिटीको बैठकबाट यो निर्णय गरिएको उपाध्यक्ष एवं पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । विधान सम्मेलनअघि माघ २६ गते स्थायी कमिटीको बैठक बस्ने उनले बताए