श्री एयरलाइन्सले २० प्रतिशतले बढायो आम्दानी


काठमाडौं । श्री एयरलाइन्स प्रा. लि. ले आर्थिक वर्ष २०२२ को तुलनामा श्री एयरको आम्दानी २०२३ मा १९.७२ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०२३ को अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले ४ अर्ब १४ करोड रुपैयाँ बराबरको आम्दानी गरेको छ । जबकी २०२२ मा यस्तो आम्दानी ३ अर्ब ४५ करोड रुपैयाँ थियो भने २०२१ मा एक अर्ब ३८ करोड रुपैयाँ थियो । सन् १९९९मा स्थापित कम्पनी २०२३ जुलाईबाट सार्वजनिक संस्थामा परिणत भएको हो ।

काठमाडौंमा आन्तरिक उडान गर्दै आएको कम्पनीले अहिले १८ वटा उडान भर्दै आएको छ । साथै, कम्पनीले हेलिकप्टर चार्टर सेवाहरु पनि दिँदै आएको छ । कम्पनीको प्रमुख सेयरधनी सुधीर मित्तल हुन्, जसको ९९.९९ प्रतिशत सेयर हिस्सा छ । श्री एयरले कूल ३ अर्ब ८५ करोड ५६ लाख रुपैयाँ कर्जाको लागि रेटिङ्ग कम्पनी इन्फोमेरिक्स् क्रेडिट रेटिङ्ग नेपालमा रेटिङ्ग गराएको छ । कम्पनीले २ अर्ब ५५ करोड १७ लाख रुपैयाँ बराबरको दीर्घकालीन कर्जा र एक अर्ब ३० करोड ३८ लाख रुपैयाँ बराबरको अल्पकालीन कर्जाको लागि रेटिङ्ग गराएको हो । जसमा इन्फोमेरिक्स् क्रेडिट रेटिङ्गले दीर्घकालीन कर्जाको लागि आईआरएन बीबी र अल्पकालीन कर्जाको लागि आईआरएन एफोर रेटिङ्ग दिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *