पहिलो कारोबार दिन बड्यो सुनचाँदीको मूल्य

काठमाडौं । साताको पहिलो कारोबार दिन आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा ६०० रुपैयाँ बढेको छ । आज छापावाल सुन तोलामा एक लाख १९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन भने तोलामा एक लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर आज एक हजार ४२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *