महालक्ष्मी विकास बैंकको ६ प्रतिशत लाभांश पारित

काठमाडौं । महालक्ष्मी विकास बैंकको बाईसौं वार्षिक साधारण सभाले ६.४० प्रतिशत लाभांश पारित गरेको हो । बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०७९।८० को वार्षिक प्रतिवेदन पारित गरेको छ । बैंक सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम आर्थिक वर्ष २०७९।८० सम्मको मुनाफा रकमबाट सेयरधनीहरुलाई हाल कायम रहेको चुक्ता पुँजीको ६.४० प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने करसहित) वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको हो ।

सभाले आर्थिक वर्ष २०७९।८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ । बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०८० असार मसान्तको वासलात, आर्थिक वर्ष २०७९।८० को नाफा नोक्सानको हिसाब तथा नगद प्रवाह विवरणलगायतका एकीकृत वित्तीय विवरणहरु छलफल गरी स्वीकृत भएका छन् । साधारण सभाले विदेशी बैंक तथा वित्तीय संस्थालाई रणनीतिक साझेदाररलगानीकर्ताको रुपमा भित्र्याउने प्रस्ताव पनि पारित गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *