एक अर्बको ‘एनआईबिएल स्टेवल फण्ड’ को बिक्री हुँदै

काठमाडौं । ‘एनआईबिएल म्युचुअल फण्ड’ अन्तर्गत सञ्चालन हुने छैठौं योजना ‘एनआईबिएल स्टेवल फण्ड’ को भोलि अर्थात माघ २ गतेदेखि सार्वजनिक निष्काशन हुने भएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक कोष प्रवर्द्धक तथा एनआइएमबि एस क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको ‘एनआईबिएल म्युचुअल फण्ड’ अन्तर्गत सञ्चालित उक्त फण्डको मंगलबारदेखि बिक्री शुरु हुने भएको हो । उक्त फण्डकोआकार १ अर्ब र समयावधि १२ वर्षको रहेको छ । जुन हालसम्मकै सबैभन्दा लामो अवधि भएको बन्दमुखी योजना समेत रहेको छ ।

योजनाको अवधिभर यस योजनाले वार्षिक प्रतिफलको रुपमा १६।१८ प्रतिशत प्रतिफल आफ्ना इकाईधनीहरुलाई दिन सक्ने प्रक्षेपण समेत गरिएको छ । योजनाको सार्वजनिक निष्काशन माघ २ गतेदेखि छिटोमा माघ ५ गते र ढिलोमा माघ १६ गतेसम्म रहनेछ । र, इच्छुक लगानीकर्ताहरुले (व्यक्ति तथा संस्था) यस योजनामा न्यूनतम एक हजार रुपैयाँदेखि अधिकतम १० करोड रुपैयाँसम्म लगानी गर्न सक्नेछन् । लगानीकर्ताहरुले आफ्नो सी आश्वा खाता रहेको बैंक वा मेरो सेयरमा लगईन गरी अनलाईन आवेदन दिन सक्नेछन् । ‘एनआईबिएल म्युचुअल फण्ड’ अन्तर्गत यस अघि नै चार बन्दमुखी योजना तथा एक खुलामुखी योजना समेत सञ्चालनमा रहेको र ‘एनआईबिएल समृद्धि फण्ड(१’ आफ्नो ७ वर्ष समयावधि पूूरा भई परिपक्क भईसकेको छ । र, हाल अन्य तीन बन्दमुखी योजना, एनआईबिएल प्रगति फण्ड , एनआईबिएल समृद्धि फण्ड(२ तथा एनआईबिएल ग्रोथ फण्ड समेत सञ्चालनमा रहेको छ । साथै, नेपालकै पहिलो खुलामुखी योजना ‘एनआईबिएल सहभागीता फण्ड’ पनि यसै म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा रहेको छ । त्यस्तै, ‘एनआईबिएल स्टेवल फण्ड’ का इकाईहरु नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भई योजनाको समयवधिसम्म इकाईहरु दोश्रो बजारमा खरिद तथा बिक्री गर्न सकिने छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *