कुमारी बैंकले डाक्यो २३औं साधारण सभा

काठमाडौं । कुमारी बैंक सञ्चालक समितिको पुस २४ गते बसेको बैठकले २३औं वार्षिक साधारण सभा माघ २८ गते त्रिभुवन आर्मी अफिसर्स क्लब काठमाडौंमा बिहान ११ बजे बोलाएको छ । बैंकको सभाले आर्थिक वर्ष २०७९।८०को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ ।

यस्तै, सहायक कम्पनी कुमारी क्यापिटल र केबिएल सेक्युरिटिजको आर्थिक वर्ष २०७।८०को वित्तीय विवरण पारित गर्ने र आर्थिक वर्ष २०८०।८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ । संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने ३ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्नेछ । सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च भएको रकम अनुमोदन गर्नेछ । बैंकले वार्षिक साधारणसभा प्रयोजनका लागि माघ ९ गते सेयरधनी किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा माघ ८ गतेसम्म कायम सेयरधनीहरू मात्रै बैंकको साधारणसभामा सहभागी हुन सक्ने छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *