टुँडिखेलमा भीडमा भागदौड हुँदा ११ जना घाइते
काठमाडौं । काठमाडौंको टुँडिखेलमा माघी पर्व मनाउन पुगेका सोमबार मगर समुदायको माघे संक्रान्ति र थारु जातिको माघी पर्व मनाउन टुँडिखेल पुगेकाको भीड अनियन्त्रित भएको छ । त्यसक्रममा भागदौड हुँदा ११ जना घाइते भएका छन् ।
उनीहरू टुँडिखेलबाट बाहिरिने क्रममा भागदौड भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिए । उनका अनुसार, राष्ट्रिय ट्रमा सेन्टरमा घाइतेको उपचार भइरहेको छ । भागदौड नियन्त्रण गर्न प्रहरीले लाठीचार्ज समेत गरेको थियो । सोमबार टुँडिखेलमा मगर र थारु समुदायले छुट्टाछुट्टै कार्यक्रम आयोजना गरेका थिए ।