राष्ट्रपतिले संसदीय दलका नेतालाई शीतल निवास बोलाए

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सबै संसदीय दलका नेताहरूलाई शीतल निवासमा बोलाएका छन् । माघी पर्वका अवसरमा संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने सबै दलका नेताहरूलाई आज बिहान ११ बजेका लागि निम्ता दिएका हुन् ।

माघी पर्वका अवसरमा शुभकामना आदानप्रदान गरिने बताइएको छ । आज माघे सङ्क्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दानआदि गरी मनाइँदै छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *