प्रधानमन्त्री कप क्रिकेट : नेपाल पुलिस क्लबको लगातार दोस्रो जित
काठमाडौं । जारी प्रधानमन्त्री कप क्रिकेटमा नेपाल पुलिस क्लबले लगातार दोस्रो जित हात पार्न सफल बनेको छ ।
आज मंगलबार भएको खेलमा पुलिसले कोशी प्रदेशलाई ७ विकेटको फराकिलो अन्तरले हराएको हो । जितका लागि पाएको १६७ रनको लक्ष्य पुलिसले २३.१ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । पुलिसलाई जिताउन अर्जुन साउदले ६२ रन र दीपेन्द्र सिंह ऐरीले २८ रन बनाए । चौथो विकेटका लागि नट आउट ७३ रनको साझोदारी गरेका उनीहरु दुवै नट आउट रहे ।
यसअघि पहिला ब्याटिङ गरेको कोशीले सुजन थपलियाको शतकको मद्दतमा १६९ रन बनाएको थियो ।