प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिम प्रदेशको लगातार दोस्रो जित

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेटमा सुदूरपश्चिम प्रदेशले लगातार दोस्रो जित निकालेको छ । लगातार दोस्रो जित निकाल्नेक्रममा सुदूरपश्चिमले कर्णालीलाई १३४ रनको फराकिलो अन्तरले जित निकालेको हो ।

सुदूरपश्चिमले दिएको २७८ रनको विशाल लक्ष्य पछ्याएको कर्णाली ३७.२ ओभरमा १४३ रनमा समेटिएको हो । कर्णालीका लागि दिवान पुनले ३८, अर्जुन घर्तीले २४, र दिनेश अधिकारीले २० रन जोडे भने अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलिङतर्फ सुदूरका शेर मल्लल चार तथा विकास अग्रीले २ विकेट लिए । पहिलो खेलमा सुदूरले लुम्बिनीलाई हराएको थियो भने कर्णाली पहिलो खेलमा पनि पारजित नै भएको थियो ।

यसअघि टेक रावत, खड्क बोहरा र किरण ठगुन्नाको अर्धशतकमा सुदूरपश्चिमले कर्णालीलाई २७८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो । रुपन्देहीस्थित सिद्धार्थनगर क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सदूरपश्चिमले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर २७७ रन जोडेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *