सूर्यको ह्याट्रिकसहित मधेशविरुद्ध बागमतीको शानदार जित
काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेटमा सूर्य तामाङको ह्याट्रिक विकेटसहित बागमती प्रदेशले मधेश प्रदेशलाई हराउँदै पहिलो जित निकालेको छ । बागमतीले दिएको १९१ रनको विजयी लक्ष्य पछ्याएको मधेश २९ ओभरमा १०४ रनमा अलआउट भएपछि बागमतीले ८६ रनको फराकिलो जित निकालेको हो ।
मधेशका लागि पवन सर्राफले ४५ र निरज यादवले १५ रन जोड्नुबाहेक अन्य खेलाडीले राम्रो पदर्शन गर्न सकेनन् । मधेशलाई निराश बनाउनेक्रममा बागमतीका लागि सूर्य तामाङले घातक बलिङ गरे । सनसनीपूर्ण बलिङ गरेका तामाङले ९ ओभरमा १९ रन दिएर ६ विकेट चट्काए ।
उनले २९ ओभको पहिलो दोस्रो र तेस्रो बलमा लगातार रुपेश सिंह, राजेश यादव, र संसद अन्सारीलाई आउट गरे । तामाङले सोहि ओभरको अन्तिम बलमा रञ्जित कुमारलाई एलबीडब्लूमा पारेर आउट गर्दै टिमलाई पहिलो जित दिलाए ।
तामाङले जारी प्रतियोगिताको तीन खेलमा १२ विकेट लिँदै विकेट लिने खेलाडीको सूचीमा शीर्ष स्थानमा रहेका छन् ।